IME Life New

दिव्यश्वरी हाइड्रोपावरले घटायो प्रस्तावित हकप्रद शेयरको आकार, अब कति ल्याउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले प्रस्तावित हकप्रद शेयरको आकार घटाएको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले यसअघि प्रस्तावित हकप्रद शेयरको आकार घटाएको हो। अब कम्पनीले चुक्तापुँजी ७९ करोड २० लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

प्रस्तावित हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ। बैंकहरुबाट लिइएको दीर्घकालीन ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

यसअघि गत असोज २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो। अब भने कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव आगामी साधारणसभाबाट पारित गर्न विद्युत नियम आयोगबाट सहमति प्रक्रिया अगाडि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS