IME Life New

दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुनको भाउ, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ उचाइ बनाउँदै गएको छ।

सुनको भाउ आज बुधबार पनि नयाँ उचाइमा पुगेको छ। आज तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ। सुनको यो भाउ हालसम्मकै उच्च हो।

Esewa
Crest

सुनको भाउ मंगलबार पनि तोलामा ३०० रुपैयाँले बढेको थियो। मंगलबार प्रतितोला फाइन गोल्ड १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ मंगलबार हालसम्मकै उच्च थियो। जुन आज तोडिएको छ।

चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १ हजार ५२० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS