IME Life New

दाबी भुक्तानीमा बीमितलाई झुलाएकाले बीमा क्षेत्रको विश्वसनीयता बढ्न सकेनः सिलवाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबीमा अझै पनि बीमा कम्पनीहरुले झुलाई रहेकोमा सार्वजनिकरुपमा नै असन्तुष्टी जनाएका छन् । शुक्रबार नेको इन्स्योरेन्सको इन्स्योरेन्स सल्युशन एप्स लोकार्पण गर्दै अध्यक्ष सिलवालले बीमा दाबीमा बीमा कम्पनीहरु अझै पनि जिम्मेवार नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।

‘बीमितसँग बिजनेश लिने बेलामा हामी जे पनि आश्वासन दिन्छौं’, उनले कार्यक्रममा उपस्थित बीमकहरु प्रति लक्षित गर्दै भने, ‘तर दाबी दिने बेला यति कुदाउँछौं यति कुदाउँछौं कि बीमित हैरान भएर छोडिदियोस् ।’ उनले बीमा कम्पनीहरु बीमितको दाबी अड्काउने प्रवृत्तीबाट बाहिर निस्किन नसके जतिसुकै पूँजी वृद्धि गरेपनि, क्रिएटिभ आइडिया ल्याए पनि त्यसले काम नगर्ने धारणा व्यक्त गरे ।

Crest

बीमाको बारेमा नब्बे प्रतिशतलाई अवगत रहेको दाबी गर्दै सिलवालले यो क्षेत्र प्रति आम नागरिकमा विश्वसनीयताको संकटले गर्दा नै बीमाको अपेक्षित बिस्तार हुन नसकेको बताए । प्राधिकरणले बीमा जागरण अभियान लिएर दाबी भुक्तानी नपाएको गुनासो सर्वसाधारण र स्थानीय सरकारबाट व्यापक आउने गरेको बताउँदै अध्यक्ष सिलवालले दाबीको फाइल अड्किनुका पछाडी जायज कारणहरु छन् भने बीमकले एक एक गरेर कारण बारे बताउँदै स्थानीय सरकारलाई विश्वासमा लिन सक्नुपर्नेमा जोड दिए ।

दाबीको फाइललाई टुङ्गो लगाउने जिम्मेवारी बीमकले नै लिनुपर्ने  धारणा व्यक्त गरे । उनले भने, दाबी परेपछि त्यसलाई सम्बोधन गर्न स्वतःस्फूर्तरुपमा लाग्न सक्यौं भने मात्र विश्वसनियता बढ्नेछ। दाबीको पाटोमा फराकिलो दृष्टीकोण लिएर काम गर्न उनले बीमकलाई सुझाए । बीमकले अड्काएका अधिकांश बीमा दाबीहरु स सानो रकमको भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, मैले बीमा गरे भने भोलि आपत् पर्दा दाबी पाउँछु भन्ने विश्वास तपाईहरुले आम नागरिकमा जगाउन सक्नुपर्छ। पचास हजार बीमाशुल्क भुक्तानी गरेको बीमितले २ लाख रुपैयाँको दाबी गर्दा समेत अड्काएकोमा उनले आपत्ती जनाएका छन् ।

प्रविधिमा लगानीका लागि तयार रहन निर्देशनः

एक अर्को प्रसङमा अध्यक्ष सिलवालले बीमाको विकासका लागि बीमा कम्पनीहरु प्रविधि मैत्री हुनु अपरिहार्य भएको धारणा व्यक्त गरे । उनले नियामकको हैसियतबाट प्राधिकरणले समेत पहिले आफूले प्रविधिलाई अपनाउँदै बीमकलाई पनि प्रविधि अपनाउन प्रेरित गर्ने लक्ष्य लिएर अघि बढेको जानकारी दिएका छन्।

सूचना प्रविधिको प्रयोग बढाउँदै बीमा सेवालाई डिजिटलाइजेशन गर्न जरुरी रहेको भन्दै अध्यक्ष सिलवालले भने, आइटी वन टाइम इन्भेष्टमेण्ट हो, त्यसपछि यसले माग्दैन, लामो समयसम्म प्रतिफल दिई रहन्छ।

बीमा सेवालाई डिजिटलाइजेशनमा लैजानका लागि अल्पकालीन र दीर्घकालीन योजना लिएर अघि बढ्न बीमकलाई सुझाव दिंदै सिलवालले डिजिटलाइजेशनको योजना सहित प्रस्ताव लिएर आएमा प्राधिकरणले प्रविधिमा लगानी गर्ने बाटो खुल्ला गरिदिने आश्वासन समेत दिएका छन् ।

उनले प्रविधि मैत्री सेवाको प्रयोग बढाउँदै गर्दा सूचना प्रविधिको सुरक्षा जस्तो संवेदनशील विषयमा पनि बीमकलाई गम्भीर हुन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS