IME Life New

दशैका लागि पैसा जोहो गर्न खोज्दा शेयर बजारमा ६१ अंकको पहिरो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। लगानीकर्ताले शेयर बजारबाट पैसा जोहो गर्न खोज्दा साताको पहिलो दिनमै ६१.२७ अंकको पहिरो गएको छ । दशै नजिकिनुका साथै पहिलो त्रैमाशिक अवधिको कर भुक्तानीका लागि आवस्यक पैसा जुटाउन खोज्दा आइतबार सुरुदेखिनै शेयर बजार घट्न थालेको थियो ।

गत साता झण्डै ६ सयको करेक्सन पछि सुधारिन थालेको थियो । ६ सयको करेक्सन तीन दिनमै साढे दुईसले सुधार हुँदा लगानीकर्ताले खर्च जोहो गर्नका लागि शेयर बिक्री गर्न थालेका छन् । यसै क्रममा आइतबार नेप्से सूचक २.१७ प्रतिशतले घटेर २७५८ मा झरेको छ । आज ८ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने बाँकी सबैको मूल्य घटेको छ । कारोबार रकम पनि ६ अर्ब ५० करोड रुपैयाँमा सिमित भएको छ ।

Crest

सबैभन्दा धेरै फाइनान्सको शेयर मूल्यमा गिरावट आएको छ । फाइनान्सको सूचक ५.८९ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको ४.३ प्रतिशतले तल झरेको छ । हाइड्रोपावर र विकास तथा फाइनान्सको शेयर बिक्री गरेर लगानीकर्ताहरु बाणिज्य बैंकको शेयरमा आकर्षित भएका छन् ।

गत साता तीन बाणिज्य बैंकहरुले लाभांश घोषणा गरेकाले यस साता बाणिज्य बैंकहरुको शेयरमा उछाल आउने विश्लेषण गरिएको थियो । तर बाणिज्य बैंकको सुधार तीन दिन पनि टिक्न सकेन । अवको दुई तीन महिना बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने, साधारणसभा गर्ने तथा लाभांश वितरण गर्ने सिजन हो । त्यसैले गर्दा केहि दिनदेखि बाणिज्य बैंकहरुको शेयरमा सर्वाधिक आकर्षण देखिएको हो ।

शेयर बजारलाई पछिल्लो समय बैंकहरुको व्याजदर तथा तरलता अभावले सबैभन्दा धेरै प्रभावित पारिरहेको छ । सिडी रेसियोका कारण बाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । कर्जा लगानी गर्न नसक्ने भएकाले बैंकहरुले मंहगो व्याजदरमा निक्षेप उठाइरहेका छन् । यस बाहेक यस साता दशै खर्च जोहो गर्नका लागि पनि सप्लाइ आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS