IME Life New

त्रिशूली नदीमा पाँच दर्जन बढी यात्रुसहित दुई बस बेपत्ता, उद्धार कार्य जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनमा पहिरोले बगाएर पाँच दर्जन बढी यात्रुसहित दुई बस त्रिशूली नदीमा बेपत्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे ३ बजे भरतपुर महानगरपालिकाको सिमलताल भन्ने स्थानमा पहिरोले बगाएको दुईवटा बस त्रिशूली नदीमा खसेको थियो। वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको बस त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। ‘ती बसमा सवार ३ यात्रु हाम फालेर र पौडेर बाहिर निस्केका छन्’, उनले भने, ‘उनीहरु सकुशल छन्।’

Esewa
Crest

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ती दुवै बसमा गरी करिब ६०–६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको बताए। ‘हामी अहिले घटनास्थलमै छौँ, उद्धार कार्य जारी छ’, उनले भने।

घटनास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीय उद्धारमा खटिएका छन्। ठूलो पहिरो खसेकोले पानी परिरहेका कारण उद्धार कार्यमा केही समस्या भइरहेको पनि प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS