IME Life New

त्रिशूली जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट शेयर कारोबार गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। आइपीओ निष्कासनको लामो समयपछि त्रिशूली जलविद्युत कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

यो कम्पनीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।

Esewa
Crest

नेप्सेमा त्रिशूली जलविद्युत कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण (कर्मचारीसहित)को ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ४८ लाख २० हजार कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले त्रिशूली जलविद्युत कम्पनीलाई ‘टीभीसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने कम्पनीले प्रतिकित्ता न्यूनतममा ८९.३८ रुपैयाँ र अधिकतममा २६८.१४ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।

भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएको खण्डमा नियमितसत्रका लागि किनबेच खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS