IME Life New

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज पुस २३ गते एक सूचना जारी गर्दै पुनः दरखास्त आह्वान गरेको हो।

यसअघि समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो। समितिले हिजो आइतबार रद्द भएको सूचना जारी गरेको थियो।

Esewa
Crest

गत शुक्रबार प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेको थियो। यो प्रावधानको विरोध भएपछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए। सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी समितिले नयाँ सूचना निकालेको हो।

इच्छुकले अब ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८० बमोजिम उपकुलपतिको पदमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS