IME Life New

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ।

त्रिविका कुलपतिबाट त्रिविको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिवि ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित छनोट तथा सिफारिसले दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरिएको छ।

Esewa
Crest

उम्मेदवारले दरखास्तसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण ३ प्रति, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि, बढीमा ३ हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र ३ प्रति र बढीमा ५ हजार शब्द रहेको चारवर्षे व्यावसायिक कार्ययोजना ३ प्रति बुझाउनुपर्नेछ।

सोचपत्र र व्यावसायिक कार्ययोजना पृष्ठको एकातर्फ मात्र लेखेको÷टाइप गरेको हुनुपर्ने, पहिलो पृष्ठमा मात्र आफ्नो नाम लेखेर दरखास्त गर्नुपर्ने, अन्य पृष्ठमा आफूलाई चिनाउने नाम, कुनै चिह्न वा संकेत गर्न नपाइने र छुट्टाछुट्टै सिलबन्दी गरी बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS