IME Life New

त्रिभुवन विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन गरेको छ।

अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच शुक्रबार दिउँसो भएको कुटपिटको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। सहसचिव थानेश्वर गौतम संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन्।

Esewa
Crest

समितिलाई घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले कार्यादेश दिएको छ।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्री एरियामा प्रहरीले चेकजाँच गरेको थियो। त्यस क्रममा विवाद भएपछि प्रहरीले उनीहरुमाथि हातपात गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS