IME Life New

तेह्रथुम पावरको नाफामा उल्लेख्य सुधार, रिजर्भ भने ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनीले नाफा बढाएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ६४ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८७६.१३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८.८५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ८ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

Esewa
Crest

कम्पनीको सञ्चालन मुनाफा पनि १२.४९ प्रतिशतले बढेर ५ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५ करोड २८ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १३ करोड ८९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ९ करोड ७५ लाख रुपैयाँले ऋणात्मक थियो।

दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ०.३३ रुपैयाँ थियो। पीई रेसियो १८६.९० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६५.२५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS