IME Life New

तीन कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लक्ष्मी सनराइजको ७ प्रतिशत, मुक्तिनाथको ९.७५ प्रतिशत र शिवम्को १४.२५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो।समायोजनपश्चात लक्ष्मी सनराइजको मूल्य १८१ रुपैयाँ ६५९ पैसा कायम भएको छ भने मुक्तिनाथको ३७१ रुपैयाँ ७५ पैसा र शिवम् सिमेन्ट्सको ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर १९४ रुपैयाँ ३० पैसा, मुक्तिनाथको ४०८ रुपैयाँ र शिवम् सिमेन्ट्सको ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS