IME Life New

तीन कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। यी कम्नीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस र कालिका पावरको १० प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात जीवन विकास लघुवित्तको शेयरमूल्य १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ भने युनिभर्सलको २०१ रुपैयाँ ७५ पैसा र कालिका पावरको ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५०७ रुपैयाँ १० पैसा, युनिभर्सलको २१९ रुपैयाँ र कालिकाको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS