IME Life New

तानसेन नगरपालिकाबासीलाई खुशीको खबर, नेपाल बैंकले दिँदै छ सहुलियतपूर्ण कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच सम्झौता भएको छ । बैंक र नगरपालिकाबीच तानसेननगर क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक कुमार शाही र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय प्रदेश नं. ५ का प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पाले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात बैंकले तानसेन नगरपालिका क्षेत्रभित्र सहुलियतपूर्ण कर्जा उपलब्धताको लागि ब्याज अनुदान उपलब्ध गराउने गरी लगानी गर्ने भएको छ । नेपालको समृद्धिको सुरुवात तानसेन नगरपालिकाबाट हुने र बैंकसँगको सहकार्यबाट समृद्ध र आत्मनिर्भर तानसेन नगरपालिको परिकल्पना गरिएको नगरप्रमुख अशोक कुमार शाहीले बताए ।

Esewa
Crest

यस्तै कार्यक्रममा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पाले नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड गुणस्तरीय सेवासहित यसका साथै अन्य स्थानी नियकासँग समन्वय गरी यस्ता कार्यक्रमहरु अन्य क्षेत्रहरुमा पनि क्रमशः गर्दै जाने, बैंकको सेवा क्षेत्रहरु विस्तार गर्ने निकट भविश्यमै पाल्पा मिशन हस्पिटलमा एक्टेन्सन काउन्टर समेत सञ्चालन गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS