IME Life New

तस्करसँग साँठगाँठको आशंकामा त्रिभूवन विमानस्थलबाट ५४ प्रहरीको एकसाथ सरुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अध्यागमन विभागका कर्मचारीहरुसँग विवाद र कुटपिटको घटनालाई लिएर चौतर्फीरुपमा आलोचनाको शिकार भएको नेपाल प्रहरीको नेतृत्वले विमानस्थलमा खटिएकामध्ये ५४ प्रहरीलाई एकसाथ अन्यत्र सरुवा गरि दिएको छ। पाँच वर्षभन्दा लामो समयदेखि विमानस्थलमै स्थायी अड्डा जमाएर बसेकामध्ये आधालाई अन्यत्र सरुवा गरिएको हो ।

प्रहरी सम्बद्ध श्रोतका अनुसार पहिलो चरणमा सामान्य चेकजाँच र निगरानीमा खटिएकामध्ये पटक पटक वा एकसाथ गरी ५ देखि १५ वर्षसम्म विमानस्थलमै कार्यरत ५४ जनाको अन्यत्र सरुवा गरिएको हो । यस बाहेक एक्सरे मेशिन अपरेटर र विशेष सूचना संकलनका लागि खटाइएका थप ५० जनालाई पनि क्रमशः सरुवा गर्ने प्रहरी संगठनको तयारी छ। प्राविधिक दक्षता भएका जनशक्तिलाई विस्थापित गर्नका लागि नयाँ जनशक्तिलाई  एक्सरले अपरेटिङ लगायतको तालिम दिएर क्रमशः सरुवा गर्ने तयारी गरिएको हो ।

Esewa
Crest

प्रहरी नायब उपनिरीक्षक एआईजी दीपक थापाले विमानस्थलमा खटाइने प्रहरीको न्यूनत्तम शैक्षिक योग्यता र न्यूनत्तम तालिम सहितको मापदण्ड निर्धारण गर्न लागिएको आम सञ्चारमाध्यमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS