IME Life New

तयार भयो धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, के–के छन् मापदण्ड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० तयार गरेको छ।’

अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनोट गर्न गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले कार्यविधि तयार गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्। धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गरिएको समितिले अब धितोपत्र बोर्डको अध्यक्षका लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनुसूची–१ बमोजिमको सूचना प्रकाशन गरी आवेदन खुला गर्नेछ।

Esewa
Crest

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएको (क) नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको पेसागत अनुभव हासिल गरेको र सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको व्यक्तिलाई अध्यक्षमा चयन गर्ने कार्यविधिमा खुलाएको छ।

यसैगरी अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित)ले तोकेबमोजिम अयोग्यता नरहेका व्यक्तिलाई छनौट गर्ने कार्यविधिमा उल्लेख छ। जसअनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको, प्रचलितकानुनबमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएकोलाई अयोग्य मानिनेछ।

धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिने उम्मेदवारहरुको मूल्यांकन व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावासयिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत गरिने कार्यविधिमा उल्लेख छ। जसअनुसार व्यावसायिक कार्ययोजनाको अंकभार ४०, शैक्षिक योग्यता अंकभार १२, व्यावासयिक कार्ययोजनाको प्रस्तुतीकरण अंकभार १८ र अन्तर्वार्ताको अंकभार ३० तोकिएको छ।

कार्यविधी पूर्ण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS