IME Life New

डिसहोमको नेतृत्वमा युवा व्यवसायीहरु अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध संचालकमा सुदिप आचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: डिस मिडियामा संचालक समितिमा हेरफेर भएको छ। कम्पनीको असार २१ मा बसेको संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरी युवा उद्यमी हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ।

अध्यक्षमा निर्वाचित ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध रहेका छन्, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न एक सफल उद्योगी तथा व्यवसायीको रुपमा परिचित रहेकाले ढकालको नेतृत्वमा कम्पनीले आउँदा दिनहरुमा अझै प्रगती गर्ने बिश्वाश गरिएको छ। ढकाल पछिल्लो समयको आशालाग्दो निर्जिबन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको समेत अध्यक्ष हुनुहुन्छ।

Esewa
Crest

त्यस्तै हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनु भएका प्रमुख सुदिप आचार्यलाई संचालक सदस्यमा नियुक्त गरी आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ। अमेरिकाबाट स्नातकोत्तर गरेका आचार्यको बैंकिंग तथा जलविद्युत क्षेत्रमा लगानीरहेको छ। सफल युवा उद्यमीको रुपमा परिचित आचार्य हाल कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।

नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको विश्वबजारमा प्रचलित लोकप्रिय टेलीभिजन प्रबिधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मनजित्न सफल डिश मिडिया नेटवर्क/डिस होम नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो। अध्यक्षमा हेम राज ढकाल तथा प्रवन्ध निर्देशक सुदिप आचार्यको नियूक्ति संगै कम्पनीले अझै प्रगती गर्ने बिश्वाश गरिएको छ।

गत आर्थिक वर्षबाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको डिश मिडिया नेटवर्क निकट भविष्यमा सर्वसाधारण का लागि साधारण शेयर (आइपीओ) समेत निष्काशन गर्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS