IME Life New

डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाऔँः राष्ट्र बैंक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन सचेत गराएको छ।

वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको हो।

Crest

विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

आफ्ना चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र वित्तीय कारोबार गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ। यस्ता ठगी गर्ने व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS