IME Life New

डिएभीले आयोजना गरेको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको पाचौँ डि.ए.भी. प्लस टु अन्तर्गत कलेज सिक्स एक साइड फुटसल प्रतियोगिता माघ १३ गते सम्पन्न भएको छ । उक्त प्रतियोगिता संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा भव्यताका साथ शुभारम्भ गरिएको थियो ।

कलेजको आफ्नै फुटसल मैदानमा ४२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, त्यस्तै मुख्य अतिथिका रूपमा नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपलसुमन बस्नेतले समुद्घाटन गरेका थिए ।

Esewa
Crest

उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा केडिया अर्गनाइजेशनका कर्पोरेट मार्केटिङ प्रमुख राजकुमार शाह, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठको उपस्थिति थियो ।

चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले जनाए ।

साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा विजेता टिम विनायक सिद्ध कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम कुमारी एकेडेमीलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल , उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद रू.१५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS