IME Life New

ठूला १० कम्पनीमा दुइवटै पुनर्बीमक पर्न सफल, अरु कुन–कुन छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता उकालो लागेको छ। नेप्से परिसूचक यो साता २.६७ प्रतिशतले बढेको हो। गत साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको बजार यो साता २०१८.७६ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजार ५२.५३ अंकले बढेको छ।

बजार बढ्दा यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ थियो।

Esewa
Crest

बजार पुँजीकरणको हिसाबले शीर्ष १० कम्पनीभित्र दुइटै निर्जीवन बीमक पर्न सफल भएका छन्। नेपाल रि र हिमालयन रि ठूला १० कम्पनीभित्र पर्न सफल भएका हुन्। यो सूचीमा नेपाल रि चौथो स्थानमा र हिमालयन रि सातौँ स्थानमा रहेका छन्।

यो सूचीको पहिलो स्थानमा नेपाल टेलिकम रहेको छ। तेस्रोमा नागरिक लगानी कोष रहेको छ।

त्यसो शीर्ष १० कम्पनीमा ६ वटा वाणिज्य बैंक छन्। जसमा नबील शीर्ष १० ठूला कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ।

यसैगरी शीर्ष १० ठूला कम्पनीको सूचीमा ग्लोबल आइएमई बैंक पाँचौँ स्थानमा, एभरेष्ट बैंक छैटौँ स्थानमा, एनआईसी एसिया बैंक अठौँ स्थानमा, नेपाल इन्भेस्टमेट मेगा बैंक नवौँ स्थानमा र स्ट्यान्डर्ड चार्टर्ड बैंक दसौँ स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS