IME Life New

ठूला कारोबार गर्ने सहकारीको पहिचान गरी निगरानी बढाएका छौँः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला कारोबार गर्ने सहकारीको पहिचान गरी निगरानी बढाइएको बताएका छन्।प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्री दाहाल सहकारीहरुमाथिको निगरानी बढाइएको जानकारी दिएका हुन्। ‘ठूला कारोबार गर्ने सहकारीको पहिचान गरेर राष्ट्र बैंकको सहभागितामा अनुगमन गर्ने काम भइरहेको छ’, उनले भने।

प्रधानमन्त्री दाहालले हालसम्म १८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति फरफारक गरी सहकारी व्यवस्थापन समितिमा पठाइसकिएको पनि जानकारी दिए। ‘सहकारीसँग सम्बन्धित समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा गठित छानबिन समितिले दिएको सुझाव कार्यान्वयन भइरहेको छ’, उनले भने, ‘सहकारीलाई नियमन गर्ने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको छ।’

Esewa
Crest

सहकारी संघसंस्थाको सम्पत्ति र दायित्वलगायतको वित्तीय अवस्था देखिने श्वेतपत्र जारी गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरिवेक्षणका पदाधिकारी तथा व्यवस्थापनको सम्पत्ति विवरण पेस गर्ने र आगामी चैत मसान्तसम्म बचत फिर्ता गर्न निर्देशन दिइसकिएको प्रधानमनत्री दाहालले बताए।

‘सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्रलगायतका संस्थागत संरचना स्थापना र सञ्चालनका लागि आवश्यक गृहकार्य अघि बढाइएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS