IME Life New

ट्रंक र डेडिकेटेड महसुल विवादः प्राधिकरणले काट्यो रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको लाइन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नबुझाउने तीन उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले मंगलबार रातिदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइनट काटिदिएको हो।

लामो समयदेखि प्राधिकरण र उद्योगीबीच ट्रंक र डेडिकेटेड लाइनको बक्यौता महसुलका विषयमा विवाद हुँदै आएको थियो। पछिल्लो समय उद्योगको लाइन प्राधिकरणले काटिदिएपछि सरकार र उद्योगबीच विवाद चर्किएको थियो। समस्या समाधानका लागि सरकारले महसुल विवाद समाधान गर्न आयोग बनाएको थियो।

Esewa
Crest

त्यसपछि प्राधिकरणले आयोगको सिफारिस र मन्त्रिपरिषदको निर्णयबमोजिम बक्यौता चुक्ताका लागि किस्ताबन्दीको कार्यतालिका बुझाउन उद्योगहरुलाई मंगलबारसम्म समय दिएको थियो। तर, अधिकांश उद्योगीले प्राधिकरणसमक्ष कार्यतालिका बुझाएका छैनन्। उनीहरुले बक्यौता रकम नतिर्ने अडानमा रहेका छन्।

कार्यतालिका बुझाउने समयसीमा सकिएसँगै प्राधिकरणले ती ३ उद्योगको लाइन काटिदिएको हो। आयोगकै प्रतिवेदनको सिफारिसका आधारमा तोकिएको समयसीमा बक्यौता रकम तिर्ने कार्यतालिका पेस नगरेको ती उद्योगको लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS