IME Life New

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो: प्रमुख दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छिन् । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन् ।

‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उनले भनिन,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’ गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् ।

Esewa
Crest

प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् । महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि धेरै सकारात्मक प्रयास गरिरहेको उनले जानकारी दिइन् । शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नीति, नियम, कार्याविधि, मापदण्ड निर्माण गरी त्यसको कार्यान्वन गर्दै आएको पनि बताइन् ।

महानगरले एक कक्षा कोठा एक शिक्षक, सामाजिक, गणित तथा आइसिटी ल्याबको व्यवस्था गरी प्रविधिमैत्री शिक्षालाई प्राथामिकतामा राखेको प्रमुख दाहालले जनाइन् । विगतमा भरतपुरका अधिकांश विद्यालयमा भवन निर्माणको कार्यलाई प्राथामिकता दिएको भएपनि अब भने नयाँ कार्यक्रमहरु ल्याउने उनँले जानकारी दिइन् ।

वार्षिकोत्सवको अवसरमा वडा नम्बर २४ को कार्यालयबाट विपन्न तथा जेहेन्दार छात्राहरुलाई साईकल वितरण गरिएको थियो । भरतपुर वडा नम्बर २४ का रामबहादुर गोदारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्य हुन जरुरी रहेको बताइन् ।

संघीयता आएसँगै धनधान्यञ्चल लगाउने, चन्दा उठाउने परिपाटी अन्त्य भई स्थानीय सरकारले प्रयाप्त भौतिक संरचना हुनु सबैको लागि खुसी विषय रहेको उल्लेख गरिन् । वडा नम्बर २४ ले आधारभूत तहका विपन्न, दलित, जेहेन्दार, जनजाति विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा, छात्रावृत्ति स्वरुप विद्यालय पोषाक प्रदान गर्दै आईरहेको अध्यक्ष गोदारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS