IME Life New

टर्नओभरमा नयाँ रेकर्ड बनेको दिन यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज नयाँ रेकर्ड बनेको छ। दैनिक कारोबार हालसम्मकै उच्च भएको हो।

आज बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको थियो। जुन रेकर्ड आज तोकिएको छ।

Esewa
Crest

आज नेप्से पनि ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा उक्लिएको छ। सबै १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी उछाल वित्त समूह आएको छ। यो समूह ८.०८ प्रतिशतले बढेको छ।

आज १९१ कम्पनीको शेयरभाउ बढ्दा ४४ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ८४ करोड ४९ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ४१ करोड ९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४० करोड ९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३८ करोड ९४ लाख रुपैयाँ
  • अपी पावरः ३७ करोड ८२ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्टः ३० करोड २१ लाख रुपैयाँ
  • नागरिक लगानी कोषः २९ करोड ८० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २९ करोड ६३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ६४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २७ करोड ८८ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS