IME Life New

टक्सार पिखुवाखोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने रु ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS