IME Life New

झ्यामोलोङ्गमा हाइड्रोपावारले ५१ लाख कित्ता आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको झ्यामोलोङ्गमा हाइड्रोपाव डेभलपमेन्ट कम्पनीले सर्वसाधारका लागि आईपीओ ल्याउने भएको छ।

कम्पनीले ५१ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५१ लाख कित्ता आइपीओ सर्वसाधारण (आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकसहित)लाई बिक्री खुला गर्नेछ।

Esewa
Crest

यसैबीच कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ। यससम्बन्धी समझदारीपत्रमा कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ तथा एलएस क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल लिलितपुरमा हस्ताक्षर गरेका छन्।

जारी पुँजी रु. २ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्टले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजनासमेत कम्पनीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS