IME Life New

झ्याप झ्याप बत्ति जान थाले पछि कुलमानको पत्रकार सम्मेलन, भने ‘अव बत्ति जादैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झ्याप झ्याप बत्ति जान थाले पछि नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै जारी गरेर स्पष्टिकरण दिएका छन् । उनले सबैको चासो र विरोध पछि पत्रकार सम्मेलन गर्दै झ्याप झ्याप बत्ति जाने समस्या तत्कालै पूर्णरुपमा समाधान नहुने बताएका छन् । तर हिजो अस्तिको जस्तो झ्याप झ्याप बत्ती भने नजाने भन्दै स्पष्टिकरण दिएका छन् ।

काठमाडौं उपत्यकामा भइरहेको प्रसारण लाइन सुधार, सब स्टेसन निर्माण लगायत विद्युत वितरण प्रणाली सुधारको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भन्दै उनले तत्कालै बत्ति जाने समस्या पूर्णरुपमा समाधन नहुने बताएका हुन् ।

Esewa
Crest

काठमाडौं उपत्यकामा दुई वर्ष अघिसम्म पिक आवरमा विद्युतको माग ३०० मेगावाट हुने गरेकोमा यस वर्ष विद्युतको माग ५०० मेघावाट पुगेको भन्दै उनले उपत्यका भित्रै ९ स्थानमा नयाँ सब स्टेसन बनाईरहेको जानकारी दिए । उनले भने ‘जमिन मुनि तार राख्ने काम पनि भइरहेको छ । यो सप्पै काम सम्पन्न हुन २ वर्ष सम्म लाग्छ । त्यसपछि काठमाडौँ उपत्यकामा विद्युतको माग २ हजार मेघावाट पुगेपनि समस्या हुने छैन ।’

घिसिङले विद्युत वितरण प्रणालीमा एकैपटक धेरै लोड बढेकाले केही ठाउँमा बत्ति जाने समस्या देखिएको उल्लेख गर्दै प्रणालीमा बत्ति नभएर लाइन नकाटिएको स्पष्ट पारे । काठमाडौँ उपत्यकामा ३ हजार ८ सय ट्रान्सफर्मर छन् । पछिल्लो केही दिन देखि ५०-६० ट्रान्सफर्मरमा समस्या देखिएकाले बत्ति गएको उनले जानकारी दिए । तर गत मंगलबार रातिदेखी लगातार पानी परेकाले ट्रान्सफर्मर परिवर्तन गर्न समय लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS