IME Life New

ज्योति विकास बैंकले ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ नगद लाभांश दिने   गरेको छ ।

उक्त प्रस्ताव भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

Crest

चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको ज्योतिको रिजर्भ कोषमा ५१ करोड ५३ लाख ४८ हजार रुपैयाँ  छ । ज्योति अहिले हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियामा पनि छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको ज्योतिको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS