IME Life New

ज्योति विकास बैंकले ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ नगद लाभांश दिने   गरेको छ ।

उक्त प्रस्ताव भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

Esewa
Crest

चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको ज्योतिको रिजर्भ कोषमा ५१ करोड ५३ लाख ४८ हजार रुपैयाँ  छ । ज्योति अहिले हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियामा पनि छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको ज्योतिको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS