IME Life New

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्राडा ध्रुवकुमार गौतम र सीए मन्दीप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। गौतमसँग एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याडको Adjunct प्राध्यापक, विरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको केस अध्ययन केन्द्रको बोर्ड सदस्य, Dong-A विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट भई कार्य गरेको अनुभव छ।

Esewa
Crest

वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएससमेत गरेका छन्। विशेषगरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुका लागि ऋण तथा शेयरपुँजी परिचालन गरेको अनुभव भएका वशिष्ठसँग स्विस राजदूतावास तथा यूएसएडको एसएमइज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञका रुपमा सफल कार्य गरेको अनुभव रहेको छ ।

नवनियुक्त स्वतन्त्र सञ्चालकद्वय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका छन्। दुवैकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान पुग्ने विश्वास क्यापिटलको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS