IME Life New

जीवन बीमा कम्पनीमा रोजगारीका अवसरको बहार, कुन कम्पनीले कति मागे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिक्रय तथा बजारीकरणको क्षेत्रमा वृत्ति विकास विकास गर्न चाहने यूवाहरूको लागी जीवन बीमा बजार प्रशस्त रोजगारीका अवसरहरूले भरिएको छ। जीवन बीमा कम्पनीहरू बीचको कडा प्रतिस्पर्धाले उच्च व्यवस्थापनलाई समान रूपमा शाखा सञ्जाल विस्तार गर्न र व्यवसाय वृद्धिको लागि नयाँ प्रतिभाहरूलाई काममा लगाउन दबाब सिर्जना गरेको छ।

कुनै पनि जीवन बीमा कम्पनीमा सधैं रोजगारीको अवसर खुला हुन्छ, जहाँ तपाइँ जहिले पनि जीवन बीमा अभिकर्ताको रूपमा काम गर्न सक्नुहुन्छ। यसको लागी तपाईसँग कम्तीमा एसएलसी (प्रवेशिका) उतीर्ण र नेपाली नागरिकता हुनु अनिवार्य छ । तपाईसँग शैक्षिक योग्यता छैन तर अभिकर्ताको रूपमा काम गर्नसक्ने क्षमता र आत्मविश्वास छ भने तपाईले आफ्नो परिवारकै कुनै सदस्यको नामबाट अभिकर्ता इजाजत पत्र प्राप्त गरेर पनि अभिकर्ताकोरूपमा काम गर्न सक्नुहुन्छ ।

Esewa
Crest

अभिकर्ता बाहेक तपाईले बिक्री र बजारीकरण टोलीमा पूर्णकालीन कर्मचारीको रूपमा काम गर्न सक्नुहुन्छ। तर पूर्णकालीन कर्मचारीकोरूपमा काम गर्नको लागी तपाईसँग बिक्री प्रतिनिधिकोरूपमा काम गरेको अनुभव वा बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव वा बीमा अभिकर्ताको रूपमा काम गरेको अनुभव हुनु अनिवार्य हुन्छ ।

बीमा कम्पनीहरूमा जागिरको लागी मुख्य शर्त भनेको तपाईंले बीमा योजनाहरूको बजारीकरण गर्ने र बिक्री गर्न सक्ने क्षमता हो। तपाईले जति धेरै बीमा गराउन सक्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनुहुनेछ।

हाल, ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना विभिन्न शाखा र उपशाखा कार्यालयहरूमा जागिरको दरबन्दी प्रकाशित गरेको छ। सम्भावित उम्मेदवारले जीवन बीमा उत्पादनहरू बिक्री गर्ने र पहिलो बीमा प्रिमियम सङ्कलन गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि युवाहरुलाई आफ्नो सेल्स एण्ड मार्केटिङ टिममा सामेल हुन स्वागत गरिरहेको छ । आइएमई लाइफ इन्स्योरेन्समा नोभेम्बर १०, २०२१ सम्म ६५ जना कर्मचारीको लागि खुल्ला गरिएको छ।

यदि तपाइँसँग बिक्री र मार्केटिङको क्षेत्रमा काम गर्ने ईच्छा र जाँगर छ वा तपाइँसँग बिक्री र बजारीकरणको क्षेत्रमा पर्याप्त अनुभव छ भने, तपाइँ जीवन बीमा उद्योगमा सजिलै अवसर छोप्न सक्नुहुन्छ । र तपाइँको लागी पर्याप्त सम्भावनाहरू अन्वेषण गर्न सक्नुहुन्छ।
त्यसोभए, तपाई के को लागि कुर्दै हुनुहुन्छ रु कुनै पनि जीवन बीमा कम्पनीको नजिकैको कार्यालयमा वा वेभसाइटमा जानुहोस्, आफ्नो

बायोडाटा पेश गर्नुहोस् र अन्तर्वार्ताको लागि कलको लागि पर्खनुहोस्। यो अत्यन्तै सजिलो तरिका हो। तपाईंले जीवन बीमा कम्पनीहरूमा कुनै पनि खुला छ वा छैन भनेर पुष्टि गर्न आवश्यक छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS