IME Life New

जहाजै नकिनी हवाई टिकट काट्ने हिमालय जेटको तयारी, एजेण्टले भन्यो भर छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एउटा पनि हवाई जहाज खरिद नगरी विभिन्न अन्तर्राष्ट्रियरुटमा हवाई टिकट बिक्री शुरु गरेको दिपेन्द्र गुरुङको हिमालयन जेट हावाको फोका जस्तै हुने भएको छ। बेलायतमा मुख्यालय राखेर नेपाल लगायतको गन्तव्यमा हवाई उडान सेवा प्रदान गर्ने भन्दै दुई वर्ष अघि नै घोषणा गरेको यो कम्पनीले अझैसम्म उडानको मिति तय गर्न सकेको छैन ।

दरबारमार्गमा तयारी पोशाकको व्यापार गर्दै आएका नेपाली मूलका बेलायती नागरिक गुरुङले बेलायतमा हिमालयन जेट नामक कम्पनी दर्ता गरेलगत्तै विभिन्न सञ्चारमाध्यम मार्फत् अन्तर्राष्ट्रिय हवाई उडान सेवा प्रदायक कम्पनीको आवरण दिंदै दर्जनौं समाचार प्रकाशन गराएका छन् । प्रकाशन प्रशारण भएका ति समाचारहरु नै हिमालयन जेटको आधिकारिक वेबसाइटमा राखेर कम्पनीको साख बनाउन खोजिएको छ।

Esewa
Crest

एयरफाइनान्स जर्नलको अनलाइन संस्करणमा सन् २०२३ को सेप्टेम्बर महिनामै दुई वटा बोइङ ७८७ विमानमार्फत् उडान सेवा शुरु गर्ने भनेको यो कम्पनीले सेवा शुरु गरेको तीन वर्षभित्रै १८ वटा विमान खरिद गरि सक्ने घोषणा कम्पनीले गरेको उल्लेख छ । सेवा शुरु गर्ने भनिएको एक वर्ष पुरा हुन थाल्दा समेत जहाज खरिद गर्ने वा बहालमा लिने भन्ने बारे यकीन हुन नसकेको अवस्था छ।

कम्पनीको आधिकारिक भनिएको वेबसाइट हिमालयन जेट डट कममा कम्पनीले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय हवाई रुटहरुको सांकेतिक तस्वीर राखिएका छन् । वेबसाइटमा कम्पनीको संस्थापक, सञ्चालक समिति, कम्पनीको चुक्ता पूँजी, जहाजको प्रकार वा जहाजको संख्या लगायत महत्वपूर्ण विषयमा कुनै पनि जानकारी छैन।

गुरुङ परिवारले केही महिना अघि बोइङ जहाज उत्पादक कम्पनीको भ्रमण गरेको समाचार सार्वजनिक भएपनि बोइङ जहाज निर्मातासँग जहाज खरिद गर्नेबारे हालसम्म पनि कुनै सम्झौता भएको जानकारी सार्वजनिक भएको छैन। बोइङ कम्पनीले पनि जहाज बिक्रीको सौदाका सम्बन्धमा हिमालयन जेटसँग कुनै सम्झौता भएको विवरण प्रकाशन गरेको छैन। बोइङले प्रत्येक खरिद सौदाको सम्बन्धमा आफ्नो आधिकारिक वेबसाइट र प्रेस विज्ञप्तीमार्फत् विवरण सार्वजनिक गर्दै आएको छ।

आफूसँग एउटै जहाज नभएको यो कम्पनीले सञ्चारमाध्यम र आफ्नो वेबसाइटमार्फत् अग्रिम टिकट बुकिङ योजना सार्वजनिक गर्दै ५० हजारभन्दा बढी टिकटको अग्रिम बुकिङ गरि सकेको छ। यसले अन्य हवाई सेवा प्रदायकभन्दा ३० प्रतिशत सस्तो भाडा दर दिने आकर्षक प्रचारसँगै ठूलो जमातको ध्यानाकर्षण गर्न सफल भएको हो ।

HImalaya Jet

बेलायतको फाइण्ड एण्ड अपडेट कम्पनी इन्फरमेशन सर्भिस नामक सरकारी वेबसाइटका अनुसार यो कम्पनीको स्थापना ९ सेप्टेम्बर २०२२ मा भएको हो । यसको चुक्ता पूँजी जम्मा १ अर्ब ६० करोड बेलायती पाउण्ड अर्थात् हालको विनिमय दर अनुसार २ खर्ब ६७ करोड १८ लाख ३७ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ। बेलायतमै बसोबास गरिरहेका छन् । उनीलाई नजिकबाट चिन्नेहरु जहाज खरिद गरेर हवाई जहाज कम्पनी सञ्चालन गर्न सक्ने आर्थिक हैसियत उनीसँग नभएको टिप्पणी गर्छन् ।

उडान भर्ने टुङ्गो नै नभएपछि सेल्स एजेण्टले भन्यो भर छैन

हिमालयन जेटले जेनिथ ट्राभल्सलाई नेपालका लागि आधिकारिक बिक्री प्रतिनिधि नियुक्त गरेको थियो । यसबाहेक जेटले अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको जानकारी सार्वजनिक गरेको थियो । सेल्स एजेण्ट नियुक्त जेनिथ ट्राभल्सले कम्पनीले जहाज किन्ने र उडान भर्नेमा सन्देह भएकाले आफूहरु सेल्स एजेण्टको जिम्मेवारीबाट अलग्गिएको औपचारिकरुपमा घोषणा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

33%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS