IME Life New

जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि गरिने अर्थमन्त्रीको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको प्राथमिकतामा जलविद्युत क्षेत्रलाई राखेको हो।

संसदमा आज आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि गरिने बताए। ‘जलविद्युतको आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको विकास गर्न जोड दिइनेछ’, उनले भने, ‘जलविद्युतलाई अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्डका रुपमा विकास गरी आन्तरिक आवश्यकता पूर्तिका साथै निर्यातमा जोड दिइनेछ।’

Esewa
Crest

निर्माणाधीन विद्युत आयोजनाहरु र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइने मन्त्री महतले बताए। ‘हिउँदयाममा हुने ऊर्जा आपूर्तिको कमी पुरा गर्न ठूला तथा जलाशययुक्त आयोजनाहरुको निर्माण प्रारम्भ गरिनेछ’, उनले भने, ‘विद्युत सेवाको पहुँच नपुगेको क्षेत्रमा विद्युत सेवा उपलब्ध गराउन सौर्य ऊर्जा र अन्य नवीकरणीय ऊर्जाको विकासमा जोड दिइनेछ।’

मन्त्री महतले अन्तरदेशीय विद्युत प्रशारण लाइनको निर्माण गरी विद्युत निर्यातका लागि आवश्यक पूर्वाधार तयार गरिने पनि जानकारी दिए। ‘ग्रिन हाइड्रोजनको विकास र लगानीको सम्भाव्यता अध्ययन अघि बढाइनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS