IME Life New

जर्बजस्तिमा बीमा आखिर कहिले सम्म त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


जनकपुर स्थित घर भएका हाल काठमाडौमा बस्दै आएका देवान्नद पोखरेल पेशाले आईटीको क्षेत्रमा काम गरिरहेका छन् । एक बर्ष अघि एक जीवन बीमा कम्पनीक अभिकर्ताले जबर्जस्ती बीमा गराएका थिए ।

ती अभिकर्ता उनका नजिकका साथी थिए । उनले १५ बर्षको लागि उक्त बीमा योजना लिएका थिए । तर उनलाई आफूले लिएको जीवन योजनाका बारेमा खासै जानकारी भने थिएन् ।

Esewa
Crest

एजेण्टले आफै पैसा हालेर बीमा गराएको उनले बताएका छन् । उनले बीमा गराएको २ बर्ष पुग्न लागीसकेको छ । २ बर्ष पूरा भएपश्चात् बीमा नगर्ने भन्ने धारणा उनले एजेण्टलाई पनि व्यक्त गरेका थिए । तर एजेण्टले २ बर्ष पश्चात् मात्र उक्त योजनालाई बन्द गर्न मिल्ने जानकारी दिएका थिए । हतारमा यसरी बीमा गर्दा अहिले समस्या भएको पोखरेलले बताएका छन् ।

अबका दिनमा बीमा योजना लिँदा आफूले लिन लागेको योजनाको बारेमा राम्ररी बुझेर मात्र बीमा गर्न उनको धारणा रहेको छ । अहिले आएर न त उनी सँग प्रिमियम तिर्ने पैसा नै रहेको छ । नत उनले आफूले तिरेको प्रिमियम छेड्न नै सक्छन् ।

जावलाखेलमा बस्दै आएकी लम्बरी लामाले पनि केही समय अघि बीमा गराएकी थिईन् । आफनै आफन्तले बेला बेलामा घरमा आएर बीमा गरिदिनु परयो भनेर उनले बीमा गराएकी थिईन् । बीमाको बारेमा कम नै जानकारी भएर पनि यस प्रती खासै आकर्षित नभएकी लामाले जबजस्तीमा बीमा गराएकी थिईन् ।

तर उनले लिएको बीमा योजनाको बारेमा पनि उनलाई खासै राम्रो जानकारी भने थिईन् । उनले जीवन बीमा त गराईन् । तर आफूले लिएको बीमा योजनाको बारेमा भने खासै वास्ता गरिन्न ।

केही समय अघि प्रिमियम तिर्नमा ढिला भएको थियो । ढिला हुँदा प्रिमियममा व्याज पनि लाग्दो रहेछ । तर मलाई त्यसको जानकारी थिएन् । उनका अनुसार बीमा गराएपछि यी सबै जानकारी हामीलाई दिनुपर्ने हो । बीमा नगर्नुजेलसम्म अभिकर्ताहरु हामीलाई बारम्बार सम्झाउन आइरहन्थे । तर बीमा गरिसके पछिको समयमा जानकारी दिन कम नै आएको बताउँछिन् ।

यी दुई व्यक्ति त प्रतिनिधि पात्र मात्र हुन यस्तै समस्यामा बीमीतहरु परिररहेका हुन्छन् । यो समस्यालाई हटाउन अभिकर्ताले बिशेष ध्यान दिनु जरुरी रहेको देखिन्छ । यदि यस्ता समस्या बारम्बार जन्मिएमा बीमा क्षेत्र प्रति बीमीतले हेर्न दृष्टिकोणमा पनि नकारात्मक धारणा पर्न जान्छ ।

अभिकर्ता पेशा मयार्दित, बीमालाई भावी दिनमा आउने जोखिमको एक साथीको रुपमा लिईन्छ । बीमा अभिकर्तालाई कम्पनीले एक मेरुदण्डको रुपमा लिन्छ । बीमा अभिकर्ता पेशा एक आफैमा मर्या्दित पेशा हो । यती भईरह्दा पनि बीमा कम्पनीहरुले अभिकर्ता जस्तो पेशालाई मर्या्दित बनाउन एउटा परिधि बनाउनु जरुरी रहेको देखिन्छ ।

नेपालमा बीमा चेतनाको कमी अभिकर्तामा पूर्णता निर्भर रहेको छ, यस्तो अवस्थामा बीमा अभिकर्ताले बीमा ब्यबसायको साथ–साथै आम सर्बसाधारणलाई बीमाको चेतना छर्नु पर्नेमा व्यक्तिगत स्वार्थ तथा ब्यबसायमूखी मात्र हुने गरेको गुनासो बढेको छ ।

बीमा अभिकर्ताहरु बीमा गर्ने समयमा बिमितलाई विभिन्न प्रलोभनमा पार्ने, जथाभाबी रुपमा आफुलाई आउने कमिशन बाट छुट दिने तर बीमा गरेको अर्को वर्ष वा दोश्रो, तेश्रो प्रिमियम तिर्ने समय बाट बिमितको सम्पर्कमा नआउने गरेको कारण बीमाको सहि तरिकाले विस्तार तथा बिश्वाश बढ्न नसकेको देखिन्छ ।

बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत स्वार्थ, छोटो समयको फाइदा मात्र हेर्नुको सट्टा समग्र बीमा क्षेत्रको बिकाश, चेतना र परिणाममुखी शिक्षा दिनसके मात्र बीमा अभिकर्ताको बिश्वाश र इज्जत बढ्न सक्ने देखिन्छ ।

हाम्रै छिमेकि मुलुक भारत, पाकिस्थान लगायतका मुलुकमा बिमा अभिकर्तालाई उच्च सम्मान गरिन्छ भने विश्वबजारमा बिमा अभिकर्ताको काम सम्मानित १० काम र जागिर भित्र पर्छ ।

तसर्थ आफु जस्तै अर्को बीमा कम्पनीको अस्तित्व स्वीकार गर्न सक्नु पर्छ तब मात्र नेपालमा पनि बीमा अभिकर्ता पेशा अन्य बिकशित मुलुकमा जस्तै विश्वसनीय र मर्या्िदत बन्न सक्छ । नेपालमा पनि बिमा अभिकर्ताको कामलाई सम्मानित तथा विश्वसनीय बनाउन अभिकर्ता आफै जागरुक हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS