IME Life New

जनरल इन्स्योरेन्स कम्पनी नेपाल औपचारिक संचालनमा, निर्जिबन बिमा कम्पनीको संख्या १८ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नयाँ निर्जिबन बिमा कम्पनी ‘जनरल इन्स्योरेन्स कम्पनी नेपाल’ ले आज अर्थात् अषाढ ०६ गते बाट निर्जिबन बिमा ब्यबसाय संचालनको सुरुवात गरेको छ । नेपालमा निर्जिबन बिमा ब्यबसाय सुरु गर्ने १८ औ कम्पनीको रुपमा स्थापित जनरल इन्स्योरेन्स कम्पनी नेपालको मुख्य प्रबर्द्धकहरुमा नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाहरुका साथै प्रतिष्ठित व्यवसायिक घरानाहरु रहेका छन् ।

कम्पनीमा मेगा बैंक नेपाल, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक नेपाल लि, सिभिल बैंक तथा बिकाश बैंक तर्फ मुक्तिनाथ बिकाश बैंक, शंग्रिला बिकाश बैंक, देव बिकाश बैंक, सेवा बिकाश बैंक, गरिमा बिकाश बैंक, लुम्बिनी बिकाश बैंक लगायतको लगानी रहेको छ भने अन्य ३ फाइनान्स कम्पनीहरुले समेत लगानी गरेको जानकारी कम्पनी श्रोतले दिएको छ।

Esewa
Crest

कम्पनी श्रोतले दिएको जानकारी अनुसार कम्पनीले आगामी ६ महिना भित्र नेपाल भर करिब ४५ शाखा विस्तार गर्ने योजना बनाएको छ, कम्पनीले जनताको घर दैलोसम्म बिमाको पहुच विस्तार गरि फरक तरिकाले निर्जिबन बिमा सेवा दिने कम्पनीको रुपमा आफुलाई स्थापित गराउने रणनीति लिएको छ ।

बीमा समितिबाट करिब ३ महिनाअघि संच्चालन अनुमति पाएको ‘जनरल इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँ जारी पुँजी रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना रहेको छ ।

कम्पनीको महाप्रबन्धक एसके टमोट रहेका छन्, उनीसँग नेशनल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका विभिन्न जिबन तथा निर्जिबन बिमा कम्पनीमा करिव चार दशक भन्दा बढीको कार्यानुभव रहेको छ । टमोटसँग बीमाको प्राविधिक तथा व्यवस्थापकिय विषयमा राम्रो ज्ञान कुशल ब्यबस्थापक भएको बिमा सम्बन्धि जानकारहरु बताउँछन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल संगै नेपालमा निर्जिबन बीमा ब्यबसाय गर्ने बिमा कम्पनीहरुको संख्या १८ पुगेको छ भने, चालु आर्थिक वर्षमा अनुमति पाउने अरु २ ओटा निर्जिबन बिमा कम्पनीहरु सानिमा इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी पनि छिट्टै संचालनको तयारीमा रहेको  सम्बद्ध कम्पनी श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS