IME Life New

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन्।

बाराको सुवर्ण गाउँपालिकास्थित सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको सोमबार अबलोकन तथा निरीक्षणका क्रममा मन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौँ, आवश्यक पूर्वाधार तयार पार्छौं’, उनले भने, ‘नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुनेछ।’

Esewa
Crest

मन्त्री महतले दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागिरहेको बताए। ‘यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ।’

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री महतले बताए। उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ।’

एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री महतको भनाइ थियो। ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन’, उनले भने, ‘त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS