IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले फेरी हकप्रद शेयर निष्काशन गर्ने, असार ३० गते साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्तले फेरी हकप्रद शेयर निष्काशन गर्ने भएको छ । असार ७ गते बसेको १ सय ३४ औं संचालक समितिको बैंठकले निर्णय गरेअनुसार असार ३० गते साधारण सभा आव्हान गरेको छ । लघुवित्तले बोशन शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ६ करोड ३३ लाख ६० हजारको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले असार ३० गते साधारणसभा बोलाएको हो। साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् ।

Crest

कम्पनीले असार १२ गतेदेखि १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्ने तयारी गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

साथै, लघुवित्तले साधारणसभामा उपयुक्त संस्थासंग गाभ्ने गाभिने निर्णय गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS