IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले फेरी हकप्रद शेयर निष्काशन गर्ने, असार ३० गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्तले फेरी हकप्रद शेयर निष्काशन गर्ने भएको छ । असार ७ गते बसेको १ सय ३४ औं संचालक समितिको बैंठकले निर्णय गरेअनुसार असार ३० गते साधारण सभा आव्हान गरेको छ । लघुवित्तले बोशन शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ६ करोड ३३ लाख ६० हजारको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले असार ३० गते साधारणसभा बोलाएको हो। साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् ।

Esewa
Crest

कम्पनीले असार १२ गतेदेखि १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्ने तयारी गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

साथै, लघुवित्तले साधारणसभामा उपयुक्त संस्थासंग गाभ्ने गाभिने निर्णय गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS