IME Life New

छ्याङ्दी हाइड्रोपावरले चैत १ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङदी हाइड्रोपावरले चैत्र १ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने भएको छ । कम्पनीले चैत्र १ गतेदेखि चैत्र ९ गतेसम्म हकप्रदमा अवितरित ५९ हजार ८ सय २७ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको हो।

यस लिलामीको शेयरको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । यदि सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिएपछि शेयर बाँकि रहेमा त्यसपछिको बढी मूल्य कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । शेयर बाँकि रहँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

Esewa
Crest

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापीटलको कार्यालय नक्साल र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू क्रमशः विर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आर्दशनगर, वीरगज, हेटौडा, नारायणगढ, न्यूरोड, पोखरा, बुटवल(मिलनचोक, बाग्लुङ्ग, नेपालगंज, त्रिभुवन चोक, सुर्खेत , घोराही, दाङ , धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्ने छन् ।

छ्याङदी हाइड्रोले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन गर्दा आवेदन नपरेको शेयर अहिले लिलाम गर्न लागिएको हो ।

कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS