काठमाडौं । चैत १३ गते मंगलबार नेप्से परिसूचक २०४१.७० विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १०.१४ अंकले बढेको छ।
शेयर बजारमा आज २ अर्ब ३५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट २७ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १५ करोड ३७ लाख रुपैयाँको खरिद भएको छ भने ११ करोड ९२ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १२ करोड १६ लाख रुपैयाँको खरिद र ११ करोड २६ लाख रुपैयाँको बिक्री भएको छ। आज उच्च कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै र २ ब्रोकरबाट बिक्री धेरै भएको छ।


















