IME Life New

चैतमा घट्यो घरजग्गाको कारोबार, सवा ४ अर्ब माथि राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चैत महिनामा घरजग्गाको कारोबार घटेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा घरजग्गाको कारोबार घटेको हो।

विभागका अनुसार चैतमा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार ६१२ वटा घरजग्गा किनबेच भएका छन्। फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किबनेच भएका थिए। फागुनको तुलनामा चैतमा करिब १ हजार ३८६ वटा कम घरजग्गा किनबेच भएका छन्।

Esewa
Crest

तथ्यांकअनुसार चैतमा ४९ हजार घरजग्गा लिखित पारित, ३८ हजार ७४० वटा घरजग्गाको रोक्का र २९ हजार १५२ वटा घरजग्गाको फुकुवा भएका छन्। चैतमा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएका छन्। इनरुवा कार्यालयबाट चैतमा २ हजार ८२ वटा घरजग्गा किनबेच भएका छन्।

चैतमा साढे ४९ हजार घरजग्गा किनबेच हुँदा सरकारले ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चैतमा सेवाकरबापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजीगत लाभकरबापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

88%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS