IME Life New

चिकित्सकीय क्षेत्रमा ठूलो चमत्कार, पहिलोपटक जीवित मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मिर्गौलालाई पहिलोपटक जीवित मानिसमा प्रत्यारोपण गर्न अमेरिकी चिकित्सकहरु सफल भएका छन्। उनीहरुले बिहीबार यसबारे जानकारी दिएका हुन्। चिकित्सा क्षेत्रमा ठूला सफलताहरुले मिर्गौला रोगबाट पीडित व्यक्तिहरुका लागि सम्भावनाका नयाँ ढोकाहरु खोलेका छन्।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा शनिबार गरिएको ४ घन्टाको शल्यक्रियामा चिकित्सकहरुले यो उपलब्धि हासिल गरेका हुन्। सन् १९५४ मा विश्वको पहिलो मिर्गौला प्रत्यारोपण यही अस्पतालमा भएको थियो। मिर्गौला प्रत्यारोपण गरिएको ६२ वर्षीय रिक स्लेम्यानको स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने चिकित्सकहरुले बताएका छन्।

Esewa
Crest

डाक्टरहरुले नयाँ मिर्गौला वर्षौंसम्म टिक्न सक्ने बताएका छन् तर जनावरबाट मानिसमा प्रत्यारोपण गर्दा अझै धेरै कुराहरु निर्धारण गर्न बाँकी रहेको स्वीकार गरे। अहिलेका लागि यो सफलताले भविष्यमा जनावरका अंगहरुको थप प्रत्यारोपणको आशा जगाउँछ। सुँगुरको मिर्गौला यसअघि पनि प्रयोगात्मक रुपमा मस्तिष्क मरेका मानिसमा प्रत्यारोपण गरिएको थियो तर जीवित मानिसमा यो पहिलो घटना हो।

धेरै वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित रहेपछि स्लेम्यानको सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो। पाँच वर्षपछि मिर्गौला फेल भएको लक्षण देखिन थाल्यो र सन् २०२३ मा उनको डायलासिस पुनः सुरु भयो। गत वर्ष मिर्गौलाको समस्या अन्तिम चरणमा पुगेपछि डाक्टरले सुँगुरको मिर्गौला लिन सुझाव दिएका उनले बताए। ‘मैले यो मलाई मद्दत गर्ने तरिकाको रुपमा मात्र होइन तर लामो मिर्गौला रोगसँग लडिरहेका हजारौं मानिसहरुलाई आशा ल्याउने तरिकाको रुपमा देखेको छु’, स्लेम्यानले भने।

धेरै मिर्गौलापीडित बिरामी दाताहरुको पर्खाइमा छन्। तर त्यहाँ मानव दाता अंगहरुको दीर्घकालीन अभाव छ। अमेरिकामा हरेक दिन १७ जना मानिस कुनै न कुनै अंगको पर्खाइमा मर्छन्। त्यसमध्ये मिर्गौला दाताको सबैभन्दा ठूलो अभाव छ। पशु अंगहरुको सफल प्रत्यारोपणले यो समस्या समाधान गर्न मद्दत गर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS