IME Life New

चार वाणिज्य बैंकसहित यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल, कसको कति रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बुधबार शेयर बजार बढेर २१३१.४९ को विन्दुमा बन्द भएको छ। बिहीबार सार्वजनिक बिदा परेको थियो। गत साता बिहीबार नेप्से परिसूचक २०१८.७६ को विन्दुमा बन्द भएको थियो। यो हिसाबले यो ४ दिनमा नेप्से ११२.७३ अंक अर्थात ५.५८ प्रतिशतले बढेको छ।

बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेको छ। सर्वाधिक बढोत्तरी बैंकिङ समूहमा देखिएको छ। यो साता बैंकिङ समूहमा उछाल आएको छ। बैंकिङ समूह १३.४४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबारसम्म नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब ७८ अर्ब ७४ करोड रुपैयाँले बढेको छ।

बजार बढ्दा लगानीकर्ताले एउटै कम्पनीबाट ४६ प्रतिशतभन्दा माथिको रिटर्न पाएका छन्। यो साता उच्च रिटर्न दिने १० कम्पनीमा ४ वटा वाणिज्य बैंक छन्।

यो साता सामुदायिक लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाए। यो लघुवित्तको शेयरभाउ गत साताको तुलनामा ४६.३९ प्रतिशतले बढेको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता ८८३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको सामुदायिक लघुवित्तको शेयरभाउ यो साता बुधबार बढेर १२९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै दोस्रो सर्वाधिक रिटर्न दिनेमा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ। यो लघुवित्तले एकै सातामा शेयरधनीहरुलाई ३४.३९ प्रतिशत रिटर्न दिएको छ। यो साता आइतबार ५८७.८६ रुपैयाँ कारोबार खुलेको यो लघुवित्तको शेयरभाउ बुधबार बढेर ७९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावर यो साता सर्वाधिक रिटर्न दिने तेस्रो कम्पनी बनेको छ। यो कम्पनीको शेयर गत साता बिहीबार ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यो साता बुधबार ६७१ रुपैयाँ अन्तिम कारोबार भएको छ।

यस्ता छन् उच्च रिटर्न दिने अन्य ७ कम्पनी (रिटर्न प्रतिशतमा)

  • एनआईसी एसिया बैंकः ४५२ रुपैयाँ (२५.७७ प्रतिशत)
  • नबिल बैंकः ५१४ रुपैयाँ (१९.२६ प्रतिशत)
  • सिद्धार्थ बैंकः २६६ रुपैयाँ (१६.९२ प्रतिशत)
  • विन्ध्यावासिनी हाइड्रोपावरः ५७६ रुपैयाँ (१६.१३ प्रतिशत)
  • कृषि विकास बैंकः २८० रुपैयाँ (१६.१३ प्रतिशत)
  • इस्टर्न हाइड्रोपावरः ५२० रुपैयाँ (१६.०७ प्रतिशत)
  • सुपर मादी हाइड्रोपावरः ५०६ रुपैयाँ (१६.०६ प्रतिशत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS