IME Life New

ङादी ग्रुप पावरको ६२% बिक्री भयो हकप्रद शेयर, अझै कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद शेयर हालसम्म ६२ प्रतिशत बढी बिक्री भएको छ।

कम्पनीले गत पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। यसअनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

Esewa
Crest

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म ङादी ग्रुप पावरको हकप्रदमा ४४ हजार ४७१ शेयरधनीले १ करोड १५ लाख ३६ हजार ४७८ कित्ता हकप्रद शेयर खरिदका लागि आवेदन दिएका छन्। जुन कुल कित्ताको ६२.३२ प्रतिशत हो।

यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले आवेदन दिने म्याद माघ २९ गतेसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS