IME Life New

घोराही सिमेन्ट पौने ४२ करोड बढी घाटामा, ईपीएस पनि रु. ९.१६ ले ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

दोस्रो त्रैमाससम्म घोराही सिमेन्टले ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीलाई १५ करोड २६ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीलाई २० करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा आम्दानी १.४० प्रतिशतले बढेको छ।

चुक्तपुँजी ४ अर्ब ५६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिटेन्ड अर्निङमा ३ अर्ब ९४ करोड रुपैयाँ थियो। रिटेन्ड अर्निङको आकार २४.२५ प्रतिशतले खुम्चिएको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.१६ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ भने २२५.४५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS