IME Life New

घलेम्दी हाइड्रो घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीले घाटा घटाएको छ।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड ७३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा विद्युत बिक्रीको आम्दानीमा ७.१६ प्रतिशतको बढोत्तरी भएको छ।

चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १८ करोड २४ लाख रुपैयाँले ऋणात्मक रहेकोछ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीको रिजर्भमा ९ करोड ५६ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १.४० रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.७४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS