IME Life New

घटेको बजारमा यी ५ ब्रोकरको उच्च कारोबार, कसको खरिद–बिक्री कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक आज २६.३६ अंकले घटेर २०२२.९२ को विन्दुमा बन्द भएको हो।

शेयर बजारमा आज ३०४ वटा सूचीकृत कम्पनीको १ करोड ६२ लाख ६८ हजार ३९९ कित्ता शेयर ५ अर्ब २४ करोड १४ लाख रुपैयाँमा किनबेच भएका छन्।

Esewa
Crest

यो दिन उच्च कारोबार गर्ने शीर्ष ५ ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) पहिलो स्थानमा रहेको छ। यो ब्रोकरबाट ३३ करोड ५६ लाख रुपैयाँको शेयर खरिद र ३३ करोड २५ लाख रुपैयाँ शेयर बिक्री भएको छ।

उच्च कारोबारका हिसाबले इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) दोस्रो स्थानमा छ। यो ब्रोकरबाट १९ करोड १ लाख रुपैयाँ शेयर खरिद हुँदा २३ करोड ८ लाख रुपैयाँ शेयर बिक्री भएको छ।

तेस्रोमा सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) रहेको छ। यो ब्रोकरले १९ करोड ६२ लाख रुपैयाँ शेयर किन्दा २१ करोड ५४ लाख रुपैयाँको बेचेको छ।

अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा चौथो स्थानमा रहेको छ। आज यो ब्रोकरबाट १७ करोड ५ लाख रुपैयाँ शेयर खरिद भएको छ भने २१ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) रहेको छ। भिजनबाट १९ करोड ७५ लाख रुपैयाँको शेयर खरिद र १६ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

आज उच्च कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ वटाको शेयर खरिद बढी र ३ वटाको शेयर बिक्री बढी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS