IME Life New

ग्लोबल मनी विकमा प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विक–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले आज बुधबार वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल मनी विक खासगरी किशोर तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ। यस वर्ष ग्लोबल मनी विकका अवसरमा क्यापिटलले विभिन्न कार्यक्रम गरी सञ्चालन गर्ने क्रममा आज भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको हो।

Esewa
Crest

ग्लोबल मनी विकअन्तर्गत प्रभु क्यापिटलले ग्वार्काेस्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक (बीबीए) अध्ययन गर्दै गरेका विद्यार्थीलाई भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए। कार्यक्रममा विद्यार्थीले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजीबजार, लगानी तथा जोखिमका बारेमा ज्ञान हासिल गरेका छन्।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैलीलाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजीबजारको विभिन्न उपकरणका अवसर तथा जोखिमबारेमा प्रकाश पारेका थिए। सानै उमेरदेखि आफूसँग रहेको पैसालाई एकीकृत गरी पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो। यससँगै क्यापिटलका विभिन्न विभागमा विद्यार्थीलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पुँजीबजारसँग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। ग्लोबल मनी विकका अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी विविध कार्यक्रम गरी सञ्चालन गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS