IME Life New

ग्लोबल मनी विकः शेयर सचेतना कार्यक्रम गर्न सरोकारवालालाई धितोपत्र बोर्डको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल मनी विकमा सप्ताहव्यापी शेयर सचेतना कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुलाई आह्वान गरेको छ।

धितोपत्र बोर्डले एक सूचना जारी गर्दै ग्लोबल मनी विकसअन्तर्गत आउँदो चैत ५ गतेदेखि ११ गतेसम्म बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार सञ्चालक र व्यवसायीहरुलाई शेयर सचेतना कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो। सप्ताहव्यापी रुपमा देशभर लगानीकर्ता शिक्षा तथा सचेतना, निबन्ध प्रतियोगिता, क्यापिटल मार्केट क्विजलगायतका विविध कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्यताका साथ मनाउन धितोपत्र बोर्डले आग्रह गरेको छ।

Esewa
Crest

ग्लोबल मनी विकका अवसरमा नेपालको धितोपत्र बजारमा संलग्न ६२ लाखभन्दा बढी डिम्याट खाता, २१ लाखभन्दा कारोबार खाता खोलेका लगानीकर्ताका साथै भविष्यमा बजार प्रवेश चाहने सर्वसाधारणलाई वित्तीय साक्षरता (पुँजी बजार)सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।

सन् २०१२ देखि बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा हरेक वर्ष विश्वभर ग्लोबल मनी विक मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS