काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सम्झना पोखरेल नियुक्त भएकी छिन् । कम्पनीकी संचालक प्रमिला आचार्य(रिजाल) ले घरायसी काम देखाउँदै राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामालाई कम्पनीको गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृती गरी रिक्त रहेको सञ्चालक पदमा पोखरेललाई नियुक्त गरेको हो ।


















