IME Life New

ग्लोबल आइएमई बैंकमा जागिर खुल्यो, रेमिट्यान्स शाखामा भित्रैका कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न क्षेत्रमा केही म्यानेजर÷अफिसर मा दरखास्त आह्वान गरेको छ।

बैंकले एग्रिकल्चर एनालिस्ट, ग्रिन÷क्लाइमेट एन्ड स्टेनेबल फाइनान्सिङ, इनर्जी फाइनान्सिङ (रिलेसनसिप म्यानेजर), स्ट्याटिसियन र रेमिट्यान्स (अधिकृत तह)मा केही म्यानेजर पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यी पदका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ। रेमिट्यान्स अधिकृतका लागि भने कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।

Esewa
Crest

यसैगरी म्यानेजर तहको पदका लागि कम्तीमा ५ वर्ष र अधिकृत तहका लागि कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव आवश्यक रहेको बैंकले जनाएको छ।

उम्मेदवारको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। रेमिट्यान्स शाखामा भने हाल बैंकमा काम गरिरहेका कर्मचारीले पनि दरखास्त पेस गर्न सक्नेछन्।

इच्छुक उम्मेदवारलाई ग्लोबल आइएमई बैंकको बेवसाइटमा गएर अनलाइन दरखास्त पेस गर्नुपर्नेछ। आउँदो फेब्रुअरी ६ तारिखको साढे ४ बजेअघिसम्म परेका आवेदनलाई मान्यता दिइने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

33%
sad

दु :खी

8%
amazed

अचम्मित

42%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS